close

अनर २०० सिरिज नेपाली बजारमा आउँदै, कति होला मूल्य ?

टेकपाना टेकपाना

जेठ १८, २०८१ १६:११

अनर २०० सिरिज नेपाली बजारमा आउँदै, कति होला मूल्य ?

काठमाडौं । नेपाली बजारमा अनरको पछिल्लो स्मार्टफोन सिरिज अनर २०० भित्रिने भएको छ । हालै चीनमा सार्वजनिक भएको यो सिरिज चाँडै नै नेपाली उपभोक्तामाझ आउन लागेको हो ।​

​सिरिज अन्तर्गत अनर २०० लाइट, अनर २०० र अनर २०० प्रो गरी तीन मोडेल रहेका छन् । नेपाली बजारमा कुन कुन मोडेल उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले जानकारी दिइसकेको छैन ।

'द पोट्रेट मास्टर' ट्यागलाइनका साथ कम्पनीले ​यो मिड फ्ल्यागशिप सिरिजको प्रचार गरिरहेको छ । कम्पनीका अनुसार यी फोनहरूमा आधुनिक एआई सुविधा र उत्कृष्ट पोट्रेट फोटोग्राफीका लागि विश्वकै महँगो स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरिएको छ । 

अनर २०० र २०० प्रो ५२०० एमएएच क्षमताको सिलिकन कार्बन ब्याट्रीसहित आएका छन्, जसले सिङ्गल चार्जमा ६१ घण्टासम्म निरन्तर म्युजिक स्ट्रिमिङ गर्न सक्षम बनाउने कम्पनीको भनाइ छ । दुवै मोडेलले १०० वाट चार्जिङ सपोर्ट गर्छन् भने २०० प्रोले ६६ वाटको वायरलेस चार्जिङ पनि सपोर्ट गर्छ ।

यी फोन एन्ड्रोइड १४ मा आधारित म्याजिक ओएस ८.० मा चल्छन् । अनरको नेपालस्थित आधिकारिक वितरक सेल्ट्रोनका अनुसार यो सिरिजका फोन ८ जीबी र्‍याम तथा १२८ स्टोरेजदेखि १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछन् । कम्पनीले फोनको मूल्य र सार्वजनिक हुने मिति भने खुलाएको छैन ।

चीनमा अनर २०० माेडेल १२+२५६ जीबीको लागि चिनियाँ युआन २,६९९ (लगभग ५० हजार रुपैयाँ) को प्रारम्भिक मूल्यमा उपलब्ध छ । त्यस्तै अनर २०० प्रोकाे १२+२५६ जीबीको ​भेरियन्टका लागि चिनियाँ युआन ३,४९९ (करिब ६४ हजार रुपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८१ १६:४३