close

शिक्षामन्त्रीको अङ्ग्रेजी पोस्टलाई सामाजिक सञ्जालमा गाली, गरिन् नेपालीमा नयाँ पोस्ट

टेकपाना टेकपाना

जेठ १९, २०८१ १४:२५

शिक्षामन्त्रीको अङ्ग्रेजी पोस्टलाई सामाजिक सञ्जालमा गाली, गरिन् नेपालीमा नयाँ पोस्ट

काठमाडौं । अङ्ग्रेजी भाषामा राखेको पोस्टमा धेरैले नकारात्मक टिप्पणी गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोही पोस्ट नेपालीमा पनि राखेकी छिन् । गिटहबमा नयाँ कोड राखेको जानकारी दिन मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल एक्स अकाउन्टमार्फत हिजो (शुक्रबार) विहान ८:४४ बजे भिडिओ सहित अङ्ग्रेजी भाषामा पोस्ट राखेकी थिइन् । 

उक्त भिडिओमा मन्त्री श्रेष्ठ नेपालीमा नै बोलेकी छिन् । तर धेरैले पोस्टमा नेपाली भाषा प्रयोग गर्न सुझाउँदै नकारात्मक टिप्पणी गरेका थिए । त्यसलगत्तै हिजो दिउँसो १२:५१ मा उनले अर्को पोस्ट राखिन् । जहाँ पहिल्यै अङ्ग्रेजीमा राखिएको कुरालाई उनले नेपाली भाषामा राखेकी छिन् । 

 

पहिले अङ्ग्रेजी भाषामा गरिएको पोस्टनकारात्मक टिप्पणी आएपछि नेपाली भाषमा गरिएको पोस्ट

मन्त्री श्रेष्ठले 'स्कुल म्यापिङ प्रोब्लम स्टेटमेन्ट' नामक एक नयाँ इन्कुबेटर रिपो गिहटबमा हालै राखेकी छिन् । जहाँ फरक फरक डेटाबेसमा भएका 

अलग अलग भाषामा राखिएको विद्यालयको नाम रहेको छ । तिनलाई एकीकृत गर्ने समाधान सुझाउन उनले यो कोड राखेकी हुन् । यसअघि पनि मन्त्री श्रेष्ठले ‘सेन्टर रेन्डमाइज्ड’ नामक विद्यार्थीको जाँचका लागि परीक्षा केन्द्र तोक्ने सोर्स कोड राखेकी थिइन् ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८१ १४:२५