close

यसरी डाउनलोड गर्नुहोस् फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम स्टोरी

टेकपाना टेकपाना

जेठ २९, २०८१ ९:३३

यसरी डाउनलोड गर्नुहोस् फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम स्टोरी

काठमाडौं । मेटाको स्वामित्वमा रहेका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा स्टोरी (स्टाटस) अस्थायी रूपमा गरिने पोस्टको विकल्प हो । २४ घण्टासम्म रहने स्टोरीलाई सार्वजनिक, निश्चित साथी अथवा आफूमा मात्रै पनि सीमित गर्न सकिन्छ । तर अरू सामान्य पोस्ट जसरी साथीहरूले राखेको स्टोरी डाउनलोड गर्न भने सकिंदैन । 

ती एपमा रहेका स्टोरी डाउनलोड अथवा सेभ गर्न मेटाले कुनै तरिका सुझाएको छैन । जसले गर्दा विभिन्न थर्ड पार्टी टुल प्रयोग गरेर डाउनलोड गर्नुपर्ने हुन्छ । यस्ता टुल अनलाइनमा अनेकौं छन् । आज हामी तिनै मध्येको एक टुलको विषयमा तपाईंलाई बताउँदै छौं ।

 

स्टोरी सेभर

यो एउटा क्रोम एक्सटेन्सन टुल हो । स्टोरी सेभल इन्क नामक कम्पनीले सञ्चालन गरिरहेको यो टुल मार्फत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका स्टोरी डाउनलोड गर्न सकिन्छ । 

चलाउन निकै सरल यो टुलमार्फत एक क्लिकमा नै स्टोरी डाउनलोड गर्न सकिन्छ । यद्यपि त्यस्ता स्टोरीहरू भने ‘पब्लिक’ गरिएको हुनु पर्छ । 

 

कसरी गर्ने डाउनलोड ?

  • सबैभन्दा पहिला यहाँ क्लिक गरी आफ्नो ब्राउजरमा स्टोरी सेभर एक्सटेन्सन इन्स्टल गर्नुहोस् । 

 

  • अब तपाईंले डाउनलोड गर्न चाहेको स्टोरीमा जानुहोस् र एक्सटेन्सनबाट ‘स्टोरी सेभर’ क्लिक गर्नुहोस् ।

  • यति गरेपछि तपाईं जुन स्टोरीमा हुनुहुन्छ, सो स्टोरी डाउनलोड हुन्छ ।

 

माथि फेसबुकको स्टोरी डाउनलोड गरेकै तरिका प्रयोग गरी ह्वाट्सएप र इन्स्टाग्राम स्टोरी पनि डाउनलोड गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८१ १०:४५