काठमाडौं । एप्पलले आईओएस १८ घोषणा गरेसँगै यसको बेटा भर्सन उपलब्ध भइसकेकाे छ । बेटा भएकाले यस भर्सनमा धेरै कमजाेरी बगहरू भेटिन सक्छन् । त्यस्तै आईओएस १८ का लागि एप्पलले घोषणा गरेका सबै फिचरहरू यसमा उपलब्ध छैनन् ।
यस पटकको आईओएस अपडेटमा एप्पलले एक दर्जन बढी एआई फिचर दिने घोषणा गरेको छ । एप्पलका अनुसार निम्न आईफोन मोडेलमा आईओएस १८ उपलब्ध हुनेछ ।
आईफोन माेडेलहरू
-आईफोन एक्सएस,
-आईफोन एक्सएस म्याक्स,
-आईफोन एक्सआर,
-आईफोन ११,
-आईफोन ११ प्रो,
-आईफोन ११ प्रो म्याक्स,
-आईफोन १२,
-आईफोन १२ मिनी,
-आईफोन १२ प्रो,
-आईफोन १२ प्रो म्याक्स,
-आईफोन १३,
-आईफोन १३ प्रो म्याक्स,
-आईफोन एसई (सेकेन्ड जेनेरेसन र पछाडिका भर्सन),
-आईफोन १४,
-आईफोन १४ प्लस,
-आईफोन १४ प्रो,
-आईफोन १४ प्रो म्याक्स,
-आईफोन १५,
-आईफोन १५ प्लस,
-आईफोन १५ प्रो,
-आईफोन १५ प्रो म्याक्स
-आईफोन १६ का प्रो मोडल (घोषणा हुन बाँकी)
बेटा भर्सन डाउनलोड गर्ने तरिका
यस पटक एप्पलले आईओएस डाउनलोड गर्ने तरिकालाई निकै सामान्य बनाएको छ । यसबारे तल तरिका बताइएको छ ।
-आईओस १८ को बेटा डाउनलोड गर्न तपाईंको डिभाइसमा आईओएस १६.४ अथवा यस पछाडिका भर्सन हुन आवश्यक छ । (सेटिङ>जेनेरेल>अबाउटबाट तपाईंले डिभाइसको भर्सन हेर्न सक्नुहुन्छ ।)
-आईओएसको बेटा भर्सन डाउनलोड गर्न तपाईंले एप्पलको डेभलपर बेटा प्रोग्राममा साइन अप गरेको हुनुपर्छ । यदि अहिलेसम्म गर्नु भएको छैन भने यहाँ क्लिक गर्नुहाेस् । यसक्रममा तपाईंले त्यही एप्पल आईडी प्रयोग गर्नुपर्छ, जुन आईफोनमा लगइन भइरहेको छ । यो नि:शुल्क र बेटा भर्सन डाउनलोड गर्न अनिवार्य छ ।
-यदि पहिल्यै त्यसमा साइअप गर्नु भएको छ भने यहाँ क्लिक गरी डेभलपर साइटमा जानुहाेस् । त्यसपछि माथिल्लो दायाँ भागमा भएको डाउनलोडमा क्लिक गर्नुहाेस् । तर यसो गर्नुअघि तपाईंले फोनमा डेभलपर मोड भने इनेबल गरेको हुनुपर्छ । यसका लागि सेटिङ>प्राइभेसी एन्ड सेक्युरिटीमा जानुहाेस् ।
-त्यहाँ ‘अटोमेटिक अपडेट्स’को ठीक तल ‘बेटा अपडेट्स’ देख्न सक्नुहुन्छ । अब त्यसमा ट्याप गर्नुहोस् ।
-अब ‘बेटा अपडेट्स’ भित्र भएको आईओएस १८ डेभलपर बेटामा ट्याप गर्नुहोस् ।
-त्यसपछि एक स्टेप ब्याक हुनुहोस् । अब त्यहाँ आईओएस १८ को उपलब्ध बेटा भर्सन देखिन्छ । अब त्यहाँ 'अपडेट नाउ'मा ट्याप गर्नुहोस् ।
अब तपाईंले आईओएस १८.१ देख्न सक्नुहुन्छ । आगामी दिनमा जबजब एप्पलले नयाँ बेटा भर्सन रिलिज गर्छ, ती स्वतः यहाँ देखिन्छन् । तर तुलनात्मक रूपमा अपरेटिङ सिस्टमको आकार अलि ठूलो हुने भएकाले फोनमा स्पेस भने हुनुपर्छ ।