close

सात इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

टेकपाना टेकपाना

असार २, २०८१ १०:४१

सात इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

काठमाडौं । सात इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज भएको छ । हालै एक सूचना जारी गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयावधिभित्र नवीकरण नगर्ने कम्पनीको लाइसेन्स रद्द भएको जानकारी दिएको हो ।

यस अन्तर्गत मोरङको वशिष्ठ केबल नेट प्रालि र इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टेलिजेन्ट टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेसन प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको यस नेट प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालि कम्पनीको लाइसेन्स खारेज भएको छ ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम नवीकरण गर्न तोकिएको समयावधिभित्र निवेदन पेश नगरेकाले लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले जनाएको छ । साथै ती सेवाप्रदायकले बुझाउन बाँकी रकम एक महिनाभित्र तिर्न निर्देशन दिइएको छ ।
 

पछिल्लो अध्यावधिक: असार २, २०८१ १०:४१