close

राजदूत पदमा नियुक्तिका लागि रास्वपाले खुलायो अनलाइन आवेदन

टेकपाना टेकपाना

असार १०, २०८१ १३:३७

राजदूत पदमा नियुक्तिका लागि रास्वपाले खुलायो अनलाइन आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो भागमा परेका राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि पदमा नियुक्तका लागि उपयुक्त उम्मेदवारको खोजी थालेको छ । अन्य पार्टीले आफ्ना नजिकका व्यक्तिलाई नियुक्ति दिलाउँदै आएका त्यस्ता ओहदामा योग्य व्यक्ति पठाउने भन्दै अनलाइनबाट आवेदन सङ्कलन थालेको हो ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै रास्वपाले आवेदन खुलाइएको बारे सूचना प्रकाशित गरेको छ । जसमा भनिएको छ, "नेपालको प्रतिनिधित्व गर्दै मित्रराष्ट्र एवं संयुक्त राष्ट्र सङ्घ लगायत अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्घ सङ्गठनहरूमा नेपालको कूटनीतिक जिम्मेवारी निर्वाह गर्न... नियुक्ति गर्ने क्रममा 'राजदत सिफारिस मापदण्ड' तयार पारेको छ ।"

उक्त मापदण्ड अनुसार १४ असार २०८१ सम्म आवेदन दिएर इच्छा जाहेर गर्न वा उपयुक्त व्यक्ति सिफारिस गर्न अनुरोध गरिएको छ । आवेदन अनुसार आगामी दिनका लागि समेत रोस्टर तयार पार्ने रास्वपाको भनाई छ ।

यदि तपाईं पनि राजदूत पदमा नियुक्तिका लागि आफ्नो इच्छा जाहेर गर्न वा अन्य उपयुक्त व्यक्ति सिफारिस गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गरेर दिइएको फाराम भर्न सक्नु हुन्छ । त्यस्तै मापदण्डका लागि यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: असार १०, २०८१ १३:३७