close

नेपाल टेलिकमको नेटवर्कमा मोबाइल नलाग्ने समस्या

टेकपाना टेकपाना

असार १०, २०८१ १६:४०

नेपाल टेलिकमको नेटवर्कमा मोबाइल नलाग्ने समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । सोमबार अपरान्हदेखि कम्पनीको जीएसएम मोबाइल सेवामा एक्कासी समस्या आएको हो । 

टेलिकमका पोस्टपेड तथा प्रिपेड मोबाइल नम्बरहरूमा कल गर्दा नलाग्ने, लागि हाले पनि आवाज नसुनिने र काट्टिने जस्ता समस्या देखिने गरेका छन् । टेलिकमले यो समस्याको विषयमा अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन । 

टेलिकमका सहायक प्रवक्ता परमात्मा भट्टराईले नेटवर्कमा समस्या देखिएको जस्तो लागेको बताए । टेकपानासँगको संक्षिप्त कुराकानीमा उनले आफू समेत यस विषयमा बुझ्ने प्रयासमा रहेको सुनाए । 

अपडेटः भट्टराईका अनुसार टेलिकमको सर्भरमा समस्या आएकाले मोबाइल नेटवर्कमा समस्या आएको र अहिले उक्त समस्या समाधान भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८१ १७:१५