close

एक वर्ष नेपाल र अर्को वर्ष भारतमा पढ्न मिल्ने मास्टर्स कोर्सका लागि भर्ना खुला

टेकपाना टेकपाना

असार १२, २०८१ १५:५६

एक वर्ष नेपाल र अर्को वर्ष भारतमा पढ्न मिल्ने मास्टर्स कोर्सका लागि भर्ना खुला

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले दुई देशमा पढ्न मिल्ने स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम ‘मास्टर अफ टेक्नोलोजी इन इनर्जी सिस्टम्स’ मा भर्ना खुलाएको छ । भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)सँग सहकार्यमा केयूले यो शैक्षिक कार्यक्रममा भर्ना खुलाएको हो । 

यो कार्यक्रममा भर्ना भएका विद्यार्थीले एक वर्ष नेपालमा र अर्को एक वर्ष भारतमा अध्ययन गर्न सक्नेछन् । केयूका अनुसार कोर्समा भर्ना हुन स्नातक तहमा इन्जिनियरिङ अथवा प्रविधि विषय अध्ययन गरेको हुनुपर्ने छ । साथै स्नातकोत्तर तहमा विज्ञान विषय अध्ययन गरेका विद्यार्थीहरू समेत भर्नाका लागि योग्य हुनेछन् । 

विद्यार्थीहरूलाई इन्जिनियरिङ ज्ञान प्रयोग गरी विभिन्न ऊर्जा प्रणालीहरू डिजाइन, विकास तथा विश्लेषण गर्न सिकाइने विश्वविद्यालयले जनाएको छ ।

इच्छुक विद्यार्थीले ३१ असारसम्म भर्नाका लागि आवेदन दिन सक्नेछन् । कोर्सबारे बुझ्न यहाँ र भर्नाका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार १२, २०८१ १७:९