close

गुगल ट्रान्सलेटमा आयो नेपालभाषा

टेकपाना टेकपाना

असार १४, २०८१ ९:३

गुगल ट्रान्सलेटमा आयो नेपालभाषा

काठमाडौं । गुगल ट्रान्सलेटमा नेपालभाषा (नेवारी) समेत समेटिएको छ । गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवारी समुदायमा बोलिने भाषालाई पहिचान गर्न थालेको हो । याेसँगै गुगल ट्रान्सलेटले विश्वभर बोलिने एक हजार बढी भाषा सपाेर्ट गर्ने कम्पनीले एक ब्लगमार्फत जनाएको छ ।

कम्पनीका अनुसार हालैमात्र यसमा विश्वका ११० भाषा थपिएका छन् । विश्व नेवा संगठनले अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ)सँग​ सहकार्य गरी नेपालभाषालाई गुगल ट्रान्सलेटमा राख्न लामो समयदेखि काम गर्दै आएको थियो ।​

ट्रान्सलेट डट गुगल डटकम (translate.google.com) मा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको वाक्य बायाँतिरको बक्समा राख्नुपर्छ । यसपछि दायाँतर्फ कुन भाषामा अनुवाद गर्नुपर्ने हो, सम्बन्धित भाषा छनाेट गरेपछि तल रहेकाे बक्समा स्वतः भाषा अनुवाद हुन्छ । 

साथै गुगल ट्रान्सलेटको एन्ड्रोइड तथा आईओएस एपमार्फत पनि यो सुविधा लिन सकिन्छ ।

गुगल ट्रान्सलेट सबैभन्दा पुरानो ट्रान्सलेटर एप हो । यसमा अनलाइन मात्र नभएर अफलाइन ट्रान्सलेसनको फिचर समेत छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १४:८