close

अब केवाईसी भेरिफाई नभएका ईसेवा अकाउन्टबाट कारोबार गर्न नपाइने

टेकपाना टेकपाना

असार १४, २०८१ १२:५९

अब केवाईसी भेरिफाई नभएका ईसेवा अकाउन्टबाट कारोबार गर्न नपाइने

काठमाडौं । अब केवाईसी भेरिफाई नभएका ईसेवा अकाउन्टबाट कारोबार गर्न नपाइने भएको छ ।

एक सूचना निकाल्दै ईसेवाले आगामी १ साउनदेखि केवाईसी भेरिफाई नभएका डिजिटल वालेटहरूको कारोबार रोक्का हुने भएकोले तत्कालै भेरिफाई गर्न ईसेवाले अनुरोध गरेको छ । 

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार आगामी १ साउनदेखि सबै डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो वालेटको केवाईसी अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ । 

केवाईसी भेरिफाई गर्ने तरिका

  • आफ्नो ईसेवा एपमा लगइन गर्नुहोस् ।
  • प्राेफाइल पिक्चरमा ट्याप गर्नुहोस् ।
  • My Information मा ट्याप गर्नुहोस् ।
  • "Continue" मा ट्याप गरी आवश्यक विवरणहररू भर्नुहोस् ।
  • आफ्नो कागजपत्रहरू अपलाेड गरी केवाईसी प्रक्रिया पूरा गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १३:५५