काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन ल्याएको छ । यस अन्तर्गत ग्राहकले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।
‘भोक र झरी ? डन्ट वरी: बिकज फुडमान्डुमा अफर असारै भरि’ भन्ने मुख्य सन्देशका साथ फुडमान्डुले ग्राहकलाई ७० प्रतिशतसम्मको भारी डिस्काउन्ट प्रदान गर्नेछ ।
साथमा सेल्स अफर अन्तर्गत ग्राहकले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफरहरू काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेष्टुरेण्टबाट पाउन सकिने कम्पनीले जनाएको छ ।
क्याम्पेनमार्फत मनसुनको समयमा सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा ग्राहकलाई सेवा दिने प्रयासमा निरन्तर लागेको र ‘मनसुन म्याजिक’ ले ग्राहकलाई थप सहज र सरल सेवा प्रदान गर्ने फुडमान्डुकी बजार प्रबन्धक ईनेशा भट्टराईले बताइन् ।
सेल्स अफरका साथै फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउने छ । जसअन्तर्गत ग्राहकलाई ४० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । डिस्काउन्ट कति प्रतिशत हुन्छ भनेर ग्राहकले चेकआउटको समयमा कोड राखेपछि मात्र थाहा पाउनेछन् ।
यो क्याम्पेन असार १४ देखि असार ३१ सम्म लागु हुनेछ ।