close

प्रविधि क्षेत्रका उद्यमीहरू सम्मिलित ‘टेक्नोप्रेनर कनेक्ट २०२४’ सम्पन्न

टेकपाना टेकपाना

असार २०, २०८१ १८:१५

प्रविधि क्षेत्रका उद्यमीहरू सम्मिलित ‘टेक्नोप्रेनर कनेक्ट २०२४’ सम्पन्न

 

काठमाडौं । प्रविधि क्षेत्रका उद्यमीहरूको सहभागितामा ‘टेक्नोप्रेनर कनेक्ट २०२४’ सम्पन्न भएको छ । टेक्सपायर कलेज र नेपाल एसोसियसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनिज न्यास–आईटीको सहकार्यमा प्रशिक्षणले बुधवार आयोजना गरेको उक्त कार्यक्रममा नेपालको प्रविधि क्षेत्रका १० जना उद्यमीहरू वक्ताका रूपमा उपस्थित थिए । 

उद्योग र शैक्षिक क्षेत्रबीच रहेको अन्तर कम गर्ने उद्देश्यका साथ बानेश्वरस्थित टेक्सपायर कलेजमा भएको कार्यक्रममा सय जना भन्दा बढी आईटी विषय पढ्न चाहने तथा हाल अध्ययनरत विद्यार्थीहरू सहभागी रहेका थिए । 

कार्यक्रममा गल्ली म्याप्सका संस्थापक राज विक्रम महर्जन, टिककी सह–संस्थापक प्राथना शाक्य, रमाइलो गेम्सका सह–संस्थापक उत्तम अधिकारी, नेपाल रियालिस्टिक सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन श्रेष्ठ, डिजिटल नेपालका सीईओ इन्जिनियर आदित्य राजको उपस्थित थियो । त्यस्तै इनड्राइभकी निेर्दशक रिता पोखरेल, भक्सक्रोका सीईओ सुशान्त राई र प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले  लगायत उपस्थित रहेको थियो । 

प्रविधिका विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागितामा आयोजना भएको यस्ता कार्यक्रमले प्रविधि र शिक्षा क्षेत्रलाई जोड्न मद्धत गर्नुका साथै ज्ञान आदान प्रदान र नयाँ आविस्कार र अन्वेशणका लागि समेत प्रोत्साहन मिल्ने कलेजले जनाएको छ । यसका साथै यस्ता कार्यक्रमले विद्यार्थीलाई उद्यमीहरूबाट सोझै सिक्ने अवसर समेत मिलेको कलेजका सीईओ तथा प्रधानाध्यापक लक्ष्मण पोख्रेलले बताए । 

‘यो कार्यक्रमले नेपालको प्रविधि क्षेत्रका आगामी पुस्तालाई शिक्षा सँगै नेटवर्किङको वातावरण समेत प्रदान गरेको छ, ’ प्रधानाध्यापक पोखरेलले भने, ‘यो खालको कार्यक्रम उद्योग र शिक्षा क्षेत्र बिचको सहकार्यमा भएको एउटा नयाँ आयाम हो । बजारको माग अनुसार विद्यार्थीलाई तयार गर्न समेत मद्दत पुग्नेछ ।’

पछिल्लो अध्यावधिक: असार २०, २०८१ १८:१५