close

जुनसुकै पुराना गाडी टियागो ईभीसँग साट्न सकिने

टेकपाना टेकपाना

असार २१, २०८१ १२:२८

जुनसुकै पुराना गाडी टियागो ईभीसँग साट्न सकिने

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । शुक्रबारदेखि आइतबारसम्म कम्पनीले देशभर रहेका आफ्ना शोरुमा यो मेला आयोजना गरेको हो ।

एक्सचेन्ज मेलामा टाटाको टाटा टियागो ईभीसँग जुनसुकै ब्राण्डका पुराना गाडी साट्न सकिने कम्पनीले जनाएको छ । ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुचिलाई मध्यनजर गर्दै टाटा मोटर्सको थापाथली शोरुम लगायत देशैभरका शोरुममा यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

यस मेलामा सहभागी भएर ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क दुई आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र तीन वर्षको निःशुल्क सर्भिसिङ सेवा पाउनेछन् । साथै टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्ट समेत रहेको कम्पनीले उल्लेख गरेको छ ।

यी अफरहरू मनसुन एक्सचेन्ज मेलाको तीन दिनका लागि मात्र उपलब्ध हुनेछन् । मनसुन एक्सचेन्ज मेला बिहान ९ बजेदेखि राति ९ बजे सम्म टाटा मोटर्सका नेपालभर रहेका शोरुममा चलिरहेको छ । 

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १२:२८