close

थाहा पाइराख्नुहोस् विपद्को समयमा काम लाग्ने फोन नम्बरहरू

टेकपाना टेकपाना

असार २२, २०८१ १९:५७

थाहा पाइराख्नुहोस् विपद्को समयमा काम लाग्ने फोन नम्बरहरू

काठमाडौं । वर्षातको समयमा बाढी, डुबान, पहिरो जस्ता प्रकोपले सताउने गर्छ । नेपालमा पनि सक्रिय मनसुन सुरु भइसकेको छ । यसले गर्दा पहाडी तथा तराईं इलाकामा समस्या आउन सक्छ । यस्तोमा विभिन्न सरकारी निकायले उपलब्ध गराउने नम्बर उपयोगी हुन सक्छ, जहाँ कल गरेर तपाईंले विभिन्न सूचना लिन सक्नुहुन्छ ।

उपयोगी नम्बरहरू

नेपाल प्रहरी: १००

ट्राफिक प्रहरी:१०३

प्रहरी आपतकालीन नम्बर: ४२२८४३५

महानगरीय परिसर, काठमाडौं: ४२६१९४५ /४२६१७९०

महानगरीय परिसर, ललितपुर: ५५२१२०७

महानगरीय परिसर, भक्तपुर: ६६१४८२१

काठमाडौं महानगरपालिकाको हटलाइन: १६६००१०५५११, ११८०

काठमाडौं महानगर प्रहरी बलको हटलाइन: ९८५१३५६५०९

नदीको अवस्थाबारे जानकारी लिन: ११५५

डुबानको अवस्थाबारे जानकारी लिन: ११४९

यसबाहेक टेलिकम कम्पनीहरूले एसएमएसमार्फत बाढी तथा पहिरोको जानकारी दिने गर्छन् । त्यस्तै विभिन्न स्थानीय तहले समेत त्यस्ता सम्पर्क नम्बर बनाएका हुनन्छन् । तिनबारे तपाईंले आफ्नो पालिकामा सोध्न सक्नुहुन्छ । यसका साथै सरकारी वेबसाइटहरू हाइड्रोलोजीविपद पोर्टल पनि उपयोगी हुन्छन् । जहाँ तपाईंले वर्षा, बाढी, पहिलो लगायतका विपदबारे थहा पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८१ २०:३