close

इन्जिनियरिङ लाइसेन्सको तयारी गरिरहेका विद्यार्थीका लागि नयाँ ई-लर्निङ प्लेटफर्म सार्वजनिक

टेकपाना टेकपाना

असार २३, २०८१ १५:६

इन्जिनियरिङ लाइसेन्सको तयारी गरिरहेका विद्यार्थीका लागि नयाँ ई-लर्निङ प्लेटफर्म सार्वजनिक

 

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् (एईसी)ले लिने साधारण दर्तावाला इन्जिनियरको परीक्षा (लाइसेन्स)को तयारी गर्न डिजिटल प्लेटफर्म सञ्चालनमा आएको छ । टिम नेपाल इन्जिनियरिङ लर्निङ सेन्टरले साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि उपयोगी हुनेगरी यो डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको हो । 

यसका लागि कम्पनीले मोबाइल एप र वेबसाइट सार्वजनिक गरेको छ । यसबाट लाइसेन्सको तयारी गरिरहेका विद्यार्थीहरूलाई उपयोगी हुने बताइएको छ । प्लेटफर्ममा विभिन्न विषयका एक लाख बढी बहुवैकल्पिक प्रश्न र तिनका उत्तर समावेश गरिएको सेन्टरकी कार्यकारी निर्देशक अप्सरा तिमल्सिना पौडेलले जानकारी दिइन् ।

उनका अनुसार ती प्रश्न वास्तविक परीक्षासरह डिजाइन गरिएका छ । साथै ती प्रश्नसँग सम्बन्धित सैद्धान्तिक पाटो पनि रहेको छ । यसले गर्दा बहुवैकल्पिक प्रश्नको तयारी गरिरहँदा परीक्षार्थीले पूरा विषको तयारी गर्न सक्नेछन् । 

अहिले प्लेटफर्ममा कम्प्युटर, सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आर्किटेक्चर इन्जिनियरिङका सामग्रीहरू राखिएको सेन्टरकी कार्यकारी निर्देशक पौडेलको भनाइ छ । यसमा विद्यार्थीहरूले दैनिक तथा साप्ताहिक रूपमा प्रगति विवरण हेर्न सक्ने छन् ।

यसका साथै प्लेटफर्ममा सशुल्क तयारी गर्ने विद्यार्थीलाई प्रशिक्षकहरूसँग पनि जोडाइदिने उनले बताए । हाल कम्पनीले विद्यार्थीहरूलाई सशुल्क तयारीका लागि छुट दिइरहेको छ । कम्पनीका अनुसार यस दशैंसम्ममा जोडिएका विद्यार्थीले एक हजार रुपैयाँमा उत्तीर्ण नभइञ्जेलसम्म तयारी गर्न सक्ने छन् ।

एप आईओएसमा डाउनलोड गर्न यहाँ, एन्ड्रोइडका लागि यहाँ र वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार २३, २०८१ १५:१२