close

आईटीमा रुचि राख्नेहरुका लागि भोलि 'आरोहन २.०’ कार्यक्रम गर्दै एभरेस्ट इन्जिनियरिङ कलेज

टेकपाना टेकपाना

असार २७, २०८१ १०:४६

आईटीमा रुचि राख्नेहरुका लागि भोलि 'आरोहन २.०’ कार्यक्रम गर्दै एभरेस्ट इन्जिनियरिङ कलेज

 

काठमाडौं । ललितपुरको सानेपामा अवस्थित एभरेस्ट इन्जिनियरिङ कलेजले भोलि शुक्रवार 'आरोहन २.०’ नामक कार्यक्रम गर्ने भएको छ । सूचना प्रविधि विषयमा रुचि भएका विद्यार्थीलाई लक्षित गर्दै कलेजले यस्तो कार्यक्रम गर्न लागेको हो ।

यस कार्यक्रम विद्यार्थी, व्यवसायी सबै एक ठाउँ आउने र नवप्रवर्तनको भावना मनाउने अवसर भएको कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण भण्डारीले बताए । उनका अनुसार कार्यक्रमको उद्देश्य इन्जिनियर र प्राविधिकहरूको अर्को पुस्तालाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न र एकअर्काबाट सिक्ने प्लेटफर्म प्रदान गरेर प्ररित गर्ने रहेको उनको भनाइ छ ।

कार्यक्रममा ब्रिज मोडेल, डार्ट्स गेम, कोडिङ/ड्रोन/क्विज प्रतियोगिता, अटोक्याड प्रतियोगिता, सर्भेइङ प्रतियोगिता, प्रोजेक्ट र पोस्टर, लक्की ड्र, कागजको पुल प्रतियोगिता लगायत विभिन्न कार्यक्रम हुने बताइएको छ । यसका साथै विजेतालाई पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको उनले जनाए ।

पछिल्लो अध्यावधिक: असार २७, २०८१ १०:४६