close

१५०० प्रतिस्पर्धीलाई पछि पार्दै केन्जा लायली बनिन् विश्वकै पहिलो मिस एआई

टेकपाना टेकपाना

असार २७, २०८१ १०:५८

१५०० प्रतिस्पर्धीलाई पछि पार्दै केन्जा लायली बनिन् विश्वकै पहिलो मिस एआई

काठमाडौं । मोरोक्कोकी हिजाब-क्लाड केन्जा लायलीले विश्वकै पहिलो मिस एआईको उपाधि पाएकी छिन् ।  विश्वभरका १५०० प्रतिस्पर्धीलाई पछि पार्दै केन्जा पहिलो मिस एआई बनेकी हुन् ।

गत अप्रिलमा फ्यानभिउ वर्ल्ड एआई क्रियटर अवार्डले पहिलो पटक मिस एआई प्रतियोगिता आयोजना गरेको थियो । विशेषगरी प्रोग्रामिङका क्षेत्रको क्षमता प्रदर्शन गर्न यो प्रतियोगिता आयोजना गरिएको थियो । सो प्रतियोगितामा विश्वभरका प्रोग्रामरलाई सहभागी हुन आह्वान गरिएको थियो । 

सहभागी १५०० प्रतिस्पर्धीबाट सोसल मिडिया क्याटेगोरीमा १० ओटा एआई क्यारेक्टर परेका थिए । निर्णायक मण्डलको निर्णय र ह्युमन एन्ड एआई पेजेन्ट एक्सपर्टको निर्णयबाट तीन क्यारेक्टर अन्तिम प्रतिस्पर्धीका रूपमा स्थापित भएका थिए ।

बाँकी दुई क्यारेक्टरलाई पछि पार्दै लायली २० हजार डलर (करिब २६ लाख ६६ हजार रुपैयाँ) जित्न सफल भएकी हुन् । यो रकम उनलाई बनाउने क्रियटरले पाएका छन् । दोस्रोमा फ्रान्सकी ललिना भेलिना नामकी क्यारेक्टर छनोट भएकी छिन् भने तेस्रोमा पोर्चुगलकी ओलिभिया नामकी क्यारेक्टर छनोट भएकी छिन् । 

मोरोक्कोमा लायरी लाइफस्टाइल इन्फ्ल्युन्सरका रूपमा परिचित छिन् । हाल उनको इन्स्टाग्राममा झन्डै दुई लाख फलोअर छन् ।

विजेता बनेपछि केन्जाले मोरोकन संस्कृतिलाई विश्व मञ्चमा प्रदर्शन गर्न पाएकोमा उत्साहित रहेको बताएकी छिन् । आफ्नो लोकप्रियतालाई महिलाको हितमा खर्चिने उनले प्रतिवद्धता दिएकी छिन् ।

पछिल्लो अध्यावधिक: असार २७, २०८१ १२:५०