close

भोलि एनसीआईटीमा स्नातक अन्तिम वर्षका विद्यार्थीका परियोजनाको प्रदर्शनी हुँदै

टेकपाना टेकपाना

असार २८, २०८१ १३:५५

भोलि एनसीआईटीमा स्नातक अन्तिम वर्षका विद्यार्थीका परियोजनाको प्रदर्शनी हुँदै

काठमाडौं । ललितपुरको बालकुमारी स्थित नेपाल इन्जिनियरिङ कलेज (एनसीआईटी) ले २९ असार (भोलि) मा विद्यार्थीहरूका परियोजना प्रदर्शन गर्ने भएको छ । स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूको परियोजना कलेजले प्रदर्शनी आयोजना गर्ने भएको हो ।

कलेजका अनुसार कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, आईटी इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र बीसीएका विद्यार्थीहरूले आफ्ना परियोजना प्रस्तुत गर्ने छन् । विद्यार्थीहरूलाई आफ्नो कौशल, नवीनता र जटिल इन्जिनियरिङ समस्याहरू समाधान गर्ने क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्न यो प्रदर्शनी आयोजना गरिएको कलेजले जनाएको छ । 

यसका साथै उत्कृष्ट परियोजनाहरूलाई पुरस्कृत समेत गरिने बताइएको छ । 

 

पछिल्लो अध्यावधिक: असार २८, २०८१ १३:५५