close

अब माइक्रोसफ्टको कोपाइलट एआईले झुर ‘ह्यान्ड राइटिङ’ पनि बुझ्ने

टेकपाना टेकपाना

असार २९, २०८१ १८:५१

अब माइक्रोसफ्टको कोपाइलट एआईले झुर ‘ह्यान्ड राइटिङ’ पनि बुझ्ने

काठमाडौं । माइक्रोसफ्टको कोपाइलट एआईले झुर हस्तलेखन (ह्यान्ड राइटिङ) पनि बुझ्ने भएको छ । कम्पनीले वन नोटभित्र ह्यान्ड राइटिङ पढ्न तथा विश्लेषण गर्न कोपाइलटमा यस्तो फिचर ल्याउने भएको हो ।

माइक्रोसफ्टले यो फिचर गत महिनामा नै बेटा परीक्षण गरेको थियो । यससँगै वन नोट प्रयोगकर्ताले हातले लेखेका नोटहरूलाई कोपाइलटको सहयोगमा सारांश गर्न तथा त्यसमा आधारित भएर प्रश्न गर्न सक्ने छन् । 

यसका साथै कोपाइलटले त्यस्ता नोटहरूलाई डिजिटल माध्यममा पनि परिवर्तन गर्न सक्नेछ । यद्यपि यो फिचर सीमित भाषामा मात्र लागु हुने बताइएको छ ।


 

पछिल्लो अध्यावधिक: असार २९, २०८१ १८:५१