close

सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्दै पृथ्वीसुब्बा गुरुङ

टेकपाना टेकपाना

असार ३१, २०८१ १०:२०

सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्दै पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमालेका ​नेता पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रवक्ता तोक्ने गरी गुरुङलाई सञ्चारमन्त्री बनाउन लागेका हुन् ।

एमालेका उपमहासचिव समेत रहेका उनले गण्डकी प्रदेशको प्रथम मुख्यमन्त्रीका रूपमा काम गरिसकेका छन् । 

उनले प्रतिनिधि सभा निर्वाचन, २०७९ मा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गरेका थिए ।

विज्ञानमा स्नातक गुरुङ २०३४ सालदेखि राजनीतिमा सक्रिय छन् ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८१ १३:१२