close

४८ घण्टा लामो ह्याकाथन गर्दै मदन भण्डारी मेमोरियल कलेज

टेकपाना टेकपाना

साउन ४, २०८१ १९:०

४८ घण्टा लामो ह्याकाथन गर्दै मदन भण्डारी मेमोरियल कलेज

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले आईडियाएक्स (IdeaX) नामक ४८ घण्टा लामो ह्याकाथन गर्ने भएको छ । आउँदो ११ असोजदेखि १३ असोजसम्म  कलेजले विभिन्न विषयमा ह्याकथन गर्न लागेको हो । 

कलेजका स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका प्रमुख फुलबाबु झाका अनुसार साइबर सुरक्षा, डिसेन्ट्रलाइजेसन, फिनटेक, एग्रोटेक लगायतका विषयमा ह्याकाथन हुनेछ । यसमा समूहगत तथा एक्लै पनि सहभागी हुन सकिने छ । 

कलेज प्राङ्गणमा हुने कार्यक्रममा उपत्यकाभित्र र बाहिरका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् । कार्यक्रममा उद्योगमा काम गरिरहेका लगानीकर्ताहरू समेत आउने भएकाले नवीन विचार भएका विद्यार्थी समूहलाई राम्रो अवसर पनि मिल्ने उनको भनाइ छ ।

ह्याकाथनमा उत्कृष्ट हुने सहभागीलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार र अन्य उपहारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

यसमा सहभागी यहाँ क्लिक गरी दर्ता हुन सक्नुहुने छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८१ १९:०