काठमाडौं । पाकिस्तानले आफ्नो गुप्तचर निकाय इन्टर सर्भिसेस इन्टेलिजेन्स (आईएसआई)लाई औपचारिक रूपमा नागरिकहरूको फोन कल र मेसेजहरू निगरानी गर्न अनुमति दिएको छ । अब आईएसआईले कानुनी रूपमा देशभित्रका कुनै पनि कल र मेसेजको निगरानी तथा ट्रेस गर्न सक्नेछ ।
यो कदम पाकिस्तानले आफ्नो दूरसञ्चार ऐन १९९६ को धारा ५४ अनुसार उठाएको दाबी गरेको छ। सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले यसलाई राष्ट्रिय सुरक्षाको हितमा र अपराध रोक्नका लागि आवश्यक रहेको बताएको छ।
यससँगै ग्रेड १८ वा त्योभन्दा माथिका पाकिस्तानी गुप्तचरहरूले कुनै पनि शङ्कास्पद लागेका नागरिकहरूको फोन कल तथा मेसेज सजिलै रोक्न अथवा ट्रयास गर्न सक्नेछन् ।
तर यसअघि पाकिस्तानी सर्वोच्च अदालतले नागरिकमाथि प्रत्यक्ष निगरानी गर्नु असंवैधानिक हुने बताएको थियो । यस कार्यले पाकिस्तानको संविधानको धारा १४ ले दिएको व्यक्तिको मर्यादालाई उल्लङ्घन गर्ने भन्दै विरोध भइरहेको छ । पाकिस्तान मुस्लिम लिग (नवाज) का शहबाज शरीफको सरकारले यो कानुन ल्याएको भन्दै विरोध बढेको छ।
तर यसअघि पाकिस्तानी सर्वोच्च अदालतले प्रत्यक्ष नागरिकमाथि निगरानी गर्ने कार्य असंवैधानिक हुने बताएको थियो । यस्तो कार्यले पाकिस्तानको संविधानको धारा १४ ले दिएको व्यक्तिको मर्यादालाई उल्लङ्घन गर्ने अदालतको तर्क छ । सोहीकारण पाकिस्तान मुस्लिम लिग (नवाज) का शहबाज शरीफको सरकारले जबरजस्त यस्तो कानुन ल्याएको भन्दै विरोधहरू हुन थालेका छन् ।
विशेष गरी विपक्षी दलका नेता, नागरिक र डिजिटल अधिकारकर्मीहरूले यो निर्णय विवादास्पद भएको भन्दै सामाजिक सञ्जालमा बहस गरिरहेका छन् । पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी)ले पनि यो निर्णय नागरिकको संवैधानिक अधिकारहरूलाई मिच्ने बताएको छ।
न्टरनेसनल कमिसन अफ जुरिस्टकी दक्षिण एसियाका लागि कानुनी सल्लाहकार रीमा ओमरले पनि यो निर्णयको विरोध गर्दै एक्समा पोस्ट गरेकी छिन् । कतिपयले यो कदम सामाजिक सञ्जालमा कडाइ गर्न गुप्तचर निकायलाई अधिकार दिनका लागि उठाइएको बताएका छन् ।