close

यातायातको सर्भरमा समस्या आउँदा ३ दिनदेखि सेवा प्रभावित

टेकपाना टेकपाना

साउन ८, २०८१ १२:२४

यातायातको सर्भरमा समस्या आउँदा ३ दिनदेखि सेवा प्रभावित

काठमाडौं । यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा समस्या आउँदा तीन दिनदेखि विभिन्न सेवाहरू प्रभावित भएका छन् । आइतबार बिहान ११ बजेतिर विभागको सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयका काम अस्तव्यस्त बनेका हुन् । 

टेकपानासँगको कुराकानीमा विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले सर्भर मर्मतको काम भइरहेको बताए । “अहिले सर्भर मर्मतको भइरहेकाले अलि बनिसकेको छ,” पनेरुले भने, “थोरै बिलिङमा समस्या आएको छ । धेरै सुधार भइसकेको छ भन्ने बुझ्नमा आएको छ । कहिलेसम्म बनिसक्छ स्पष्ट छैन ।”

सर्भरमा समस्या आएपछि राजश्व तिर्न गएका, ड्राइभिङ लाइसेन्सको बायोमेट्रिकको अनलाइन फारम भरेर मिति दिइसकेर कार्यालय पुगेका, लाइसेन्स नवीकरण गर्न पुगेका, ट्रायल दिन पुगेका सेवाग्राही रित्तो हात फर्किएका छन् ।

 

 

पछिल्लो अध्यावधिक: साउन ८, २०८१ १३:४०