close

एरोजको ‘बुम २४’ स्पिकर नेपाली बजारमा, लन्च अफरमा ३ हजार छुट घोषणा

टेकपाना टेकपाना

साउन ८, २०८१ १८:२७

एरोजको ‘बुम २४’ स्पिकर नेपाली बजारमा, लन्च अफरमा ३ हजार छुट घोषणा

काठमाडौं । नेपाली ब्राण्ड एरोज लाइफस्टाइलले नयाँ स्पिकर एरोज बुम २४ (Arrows BOOM24) सार्वजनिक गरेको छ । कम्पनीले आज मङ्गलबार यो स्पिकर औपचारिक रूपमा नेपाली बजारमा उपलब्ध गराएको हो ।

यो वायरलेस स्पिकर हो । अर्थात् कतै ज्याक वा केबल जोड्ने झन्झट गर्नु पर्दैन । स्तरीय साउन्डका लागि यसको दुवै छेउमा टीडब्लूएस स्पिकर समावेश गरिएको छ । खासगरी परिवारको जमघट, हाइकिङ, पिकनिक जस्ता अवसरमा यो स्पिकर उपयुक्त हुने कम्पनीले जनाएको छ । 

झट्ट हेर्दा धेरै तौल भएको जस्तो लाग्ने भए पनि यो स्पिकर हलुङ्गो नै छ । ब्लुटुथ ५.३ भर्सनमा आधारित स्पिकरमा ७८ एमएमका दुई ओटा ड्राइभर समावेश गरिएको छ । 

स्पिकरमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसले आरजीबी लाइट बालेर छ घण्टा र नबाली आठ घण्टाको प्ले टाइम दिन्छ । यस स्पिकरले एयूएक्स पोर्ट र एसडी कार्ड पनि सपोर्ट गर्छ ।

बोक्न सजिलो होस् भनेर यसमा डिट्याचएबल ट्रयाप (detachable strap) पनि दिइएको छ । यो स्पिकरले आईपीएक्स (IPX4) रेटिङ पाएको छ । यसलाई टाइप-सी केबलबाटै चार्ज गर्न सकिन्छ । 

यो स्पिकरको मूल्य नेपाली बजारमा ६,९९९ रुपैयाँ तोकिएको छ । तर, लन्च अफर अन्तर्गत ३१ जुलाईसम्म कम्पनीले ३,९९९ रुपैयाँमा उपलब्ध गराउने बताएको छ । साथै, पहिलो १०० ग्राहकले २०० रुपैयाँको डिस्काउन्ट भाउचर पनि प्राप्त गर्न सक्नेछन् ।

यो क्याम्पेन अवधिभर एरोजका अन्य प्रडक्टमा ४० प्रतिशतसम्म छुट पाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८१ १४:४१