काठमाडौं । काठमाडौंको मातातीर्थ क्षेत्रमा आज ६ घन्टा बिजुली काटिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
प्राधिकरणले यी क्षेत्रमा हाइटेन्सन पोल मर्मत गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले बिजुली काटिने जानकारी दिएको छ ।
यसले महादेवस्थान, इटाखेल, घुमाउने, गोदाम, मंगलदोय, नागढुंगा, चिसापानी, बसुन्डोल, इन्द्रथान, झांगाझिटी, कुखुरेचौर, महेशपथ लगायतका क्षेत्रमा असर पर्ने बताइएको छ ।
यद्यपि, मर्मत कार्य निर्धारित समय अगावै सम्पन्न भए बिजुली सेवा तोकिएको समयअघि सुरू हुने प्राधिकरणले जनाएको छ ।