close

जब सदनमा सम्बोधन गर्न सांसदले एआई प्रयोग गरिन् …

टेकपाना टेकपाना

साउन १२, २०८१ १२:४५

जब सदनमा सम्बोधन गर्न  सांसदले एआई प्रयोग गरिन् …

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग सीमित कार्यमा छैन । अमेरिकाकी एक सांसदले सार्वजनिक रूपमा सम्बोधन गर्न एआई भोइसको सहारा लिएकी छिन् । भर्जिनियाकी सांसद जेनिफर वेक्सटनले गत बिहीबार सदनमा सम्बोधन गर्न एआई प्रयोग गरेकी हुन् ।

सांसद वेक्सटन प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी नामक रोगबाट ग्रस्त छिन् । यो एक प्रकारको दुर्लभ रोग हो, जसले शारीरिक सन्तुलन, चाल, दृष्टि तथा आवाजमा समस्या निम्त्याउँछ । यसबाट उनको बोली करिब बन्द जस्तै भएको थियो । यद्यपि उनले एआई टुलको प्रयोगमार्फत दोस्रो व्यक्तिसँग संवाद गर्न सक्षम बनेकी छिन् ।

यससँगै सदनमा सम्बोधन गर्न एआई टुलको सहारा लिने उनी पहिलो सांसद बनेकी छन् । 

यसका लागि सदनमा उनले गरेका पुराना सम्बोधनहरूको रेकर्डिङका आधारमा एआईलाई तालिम दिइएको थियो । जसले गर्दा वैज्ञानिकहरूले उनको आवाजको क्लोन (नक्कल) बनाउन सके । अब उनले सुरुमा टेक्स्ट लेख्नेछिन्, जसलाई एआई टुलले उनकै आवाजमा पढिदिने छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८१ १३:३