close

एक वर्षमा नेपाल भित्रिए २९ अर्ब मूल्यका करिब १२ हजार बिजुली गाडी

टेकपाना टेकपाना

साउन १२, २०८१ १९:३७

एक वर्षमा नेपाल भित्रिए २९ अर्ब मूल्यका करिब १२ हजार बिजुली गाडी

काठमाडौं । नेपालले एक वर्षको अवधिमा करिब १२ हजार बिजुली गाडी आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपाली बजारमा आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७०१ गाडी आयात भएका छन् । ती गाडीको कुल मूल्य २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँ रहेको छ ।

यसबाट सरकारले १३ अर्ब २८ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस आवमा आयात भएको बिजुली गाडीको संंख्या अघिल्लो आवको तुलनामा झन्डै तीन गुणा बढी हो । आर्थिक वर्ष २०७९/८० मा चार हजार ५० बिजुली गाडी आयात भएका थिए ।

यस पटक सबैभन्दा बढी १०१ देखि २०० किलोवाटसम्मका गाडी भित्रिएका छन् । यस अन्तर्गत ६ हजार ८८५ गाडी भित्रिएका छन् । त्यस्तै ५० किलोवाटभन्दा मुनिका चार हजार ५७१ गाडी, १०१ देखि २०० किलोवाटका २१७ गाडी, २०१ देखि ३०० किलोवाटका २१ र ३०० किलोवाटभन्दा माथि एउटा गाडी भित्रिएका छन् ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८१ २०:४७