close

इन्स्टाग्रामबाट जोडिएर क्यानडा पठाइदिन्छु भन्दै ८४ लाख बढी ठगी गर्ने २३ वर्षीय युवक

टेकपाना टेकपाना

साउन १३, २०८१ १९:१७

इन्स्टाग्रामबाट जोडिएर क्यानडा पठाइदिन्छु भन्दै ८४ लाख बढी ठगी गर्ने २३ वर्षीय युवक

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामको माध्यमबाट क्यानडा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई हाल ललितपुर बस्दै आएका २३ वर्षीय पुरुषोत्तम भण्डारी रहेका छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार भण्डारीले १० कक्षा मात्र उत्तीर्ण गरेका छन् । खासगरी उनी इन्स्टाग्राममार्फत साथी बनाउँथे र त्यसपछि क्यानडा लैजाने भन्दै विभिन्न व्यक्तिको खातामा पैसा हाल्न लगाउँथे।

यसरी पटक-पटक गरी ८४ लाख १५ हजार रुपैयाँ बढी ठगी गरेपछि पीडितले उजुरी दिएका थिए । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा भण्डारी शुक्रबार कोटेश्वरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

ती युवक आफैं ठगी धन्दामा लागेका थिए वा कसैले उनलाई ठगीमा लगाएको थियो भन्ने विषयको विस्तृत अनुसन्धान हुन बाँकी छ । यस विषयमा थप अनुसन्धान गर्न भण्डारीलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।​

पछिल्लो अध्यावधिक: साउन १३, २०८१ १९:१८