काठमाडौं । डेटा हाम्रो सम्पत्ति सरह बनिसकेको छ । डेटा अर्थात् तथ्याङ्क । यस शब्दले वैयक्तिकदेखि विभिन्न विषयको जानकारी/तथ्याङ्क भन्ने अर्थ दिन्छ । अहिले चर्चा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का लागि त झन् डेटा अत्यावश्यक छ ।
सोहीकारण विश्वभर नै यस विषयसँग सम्बन्धित जनशक्तिको उच्च माग छ । सामान्यतः यस्ता जनशक्ति विश्वविद्यालयमा सम्बन्धित विषय पढेर तयार हुन्छन् । केही वर्ष अघिसम्म नेपालमा यो एउटा इलेक्टभ (ऐच्छिक) विषयको रूपमा थियो ।
त्यसपछि विदेशी विश्वविद्यालयबाट सम्बन्धन ल्याएर स्थानीय कलेजहरूले यसलाई मुख्य विषय बनाउन थाले । यस शैक्षिक वर्ष २०८१/८२ बाट भने स्थानीय विश्वविद्यालयहरूले समेत यो विषयलाई प्रमुख विषय बनाउन लागेका छन् । काठमाडौं र त्रिभुवन विश्वविद्यालयले यो शैक्षिक कार्यक्रमका लागि स्नातक तहमा भर्ना खुला गरेका छन् ।
आज हामी त्रिभुवन विश्वविद्यालयको डेटा साइन्स कोर्सबारे चर्चा गर्ने छौं:
त्रिभुवन विश्वविद्यालयले पहिलो पटक सञ्चालनमा ल्याएको यो शैक्षिक कार्यक्रमको पूरा नाम 'ब्याचलर्स इन डेटा साइन्स' हो । विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) अन्तर्गत रहेको स्कुल अफ म्याथम्याटिकल साइन्सले यो नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
चार वर्षे (आठ सेमेस्टर) यो कार्यक्रमका लागि इच्छुक विद्यार्थीले कक्षा ११/१२ मा जुनै विषय लिएर पढेको पनि अन्तिम सीजीपीए १.८ भन्दा बढी ल्याएको हुनुपर्छ ।
कस्तो छ कोर्स ?
कुल १२३ क्रेडिट आवरको यो पाठ्यक्रममा सैद्धान्तिक, प्रयोगात्मक, प्रोजेक्ट, सेमिनार र इन्टर्नशिपको व्यवस्था गरिएको छ । सामान्य रूपमा बुझ्दा कोर्समा म्याथ, स्टाटिस्टिक्स, कम्प्युटर साइन्स र टेक्नोलोजीका आधारभूत विषय छन् ।
यसका साथै एल्गोरिदम, एआई, मसिन लर्निङ, कम्प्युटर एन्ड स्टाटिस्टिकल प्रोग्रामिङ, डेटा एनालिसिस, डेटाबेस सिस्टम, वेब डेभलपमेन्ट जस्ता डेटा साइन्ससँग सम्बन्धित विषय पनि राखिएको छ ।
विश्वविद्यालयका अनुसार कोर्सका प्रत्येक कोर्स तीन क्रेडिट आवरका छन् भने ४८ क्रेडिट आवर बराबरको सेमिनार, प्रोजेक्ट वर्क र इन्टर्नशिप गर्नुपर्छ ।
पाठ्यक्रम संरचना
यो कोर्समा प्रत्येक सेमेस्टर १५ क्रेडिटका छन् । पाँचौं र सातौं सेमेस्टरमा परियोजना रहेको छ भने आठौं सेमेस्टरमा अनिवार्य इन्टर्नशिप रहेको छ । विश्वविद्यालयले तयार पारेको यसको कोर्स संरचना यस्तो छ:
सेमेस्टर
विषय
क्रेडिट आवर
पहिलो
-इन्ट्रोडक्सन अफ डेटा साइन्स
-बेसिक कम्प्युटर अर्गनाइजेसन
-प्रोग्रामिङ इन सी
-स्टाटिस्टिक्स फर डेटा साइन्स
-क्यालकुलस १
३
३
३
३
३
दोस्रो
-पाइथन प्रोग्रामिङ
-डेटाबेस म्यानेजमेन्ट सिस्टम
-प्रोब्याबिलिटी डिस्ट्रिब्युसन
-क्यालकुलस २
-लिनियर अल्जेब्रा
३
३
३
३
३
तेस्रो
-डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम
-अपरेटिङ सिस्टम
-आर प्रोग्रामिङ
-इन्फेरेन्सियल स्टाटिस्टिक्स
-डिफ्रेन्सियल इक्वेसन
-सेमिनार
३
३
३
३
३
चौथो
-आर्टिफिसियल इन्टेलिजेन्स
-वेब डेभलपमेन्ट
-डेटा कम्युनिकेसन्स एन्ड कम्प्युटर नेटवर्किङ
-डिस्क्रेट म्याथम्याटिक्स
-टेक्निकल राइटिङ
३
३
३
३
३
पाँचौं
-मसिन लर्निङ
-सफ्टवेयर डिजाइन एन्ड डेभलपमेन्ट
-डेटा भिजुअलाइजेसन
-न्युमेरिकल मेथोड्स
-इकोनोमिक
-प्रोजेक्ट १
३
३
३
३
३
२
छैटौं
-डेटा वेयरहाउजिङ एन्ड माइनिङ
-आर्टिफिसियल न्युरल नेटवर्क
-कम्प्युटर ग्राफिक्स एन्ड इमेज प्रोसेसिङ
-रिसर्च मेथोडोलोजी
-प्रिन्सिपल अफ म्यानेजमेन्ट
३
३
३
३
३
सातौं
-अब्जेक्ट रिलेस्नल एन्ड नोएसक्यूआर डेटाबेस
-सिमुलेसन एन्ड मोडेलिङ
-डेटा सेक्युरिटी
-प्रोजेक्ट २
इलेक्टिभ
-क्लाउड कम्प्युटिङ
-डिप लर्निङ
-मोबाइल एप्लिकेसन डेभलपमेन्ट
-ब्लकचेन टेक्नोलोजी
-एक्सप्लोरेटोरी डेटा एनालिटिक्स
३
३
३
३
३
३
३
३
३
आठौं
-इन्फर्मेसन रिट्राइभल
-बिग डेटा एनालिटिक्स विथ हडुप
-न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ
-इन्टर्नशिप
इलेक्टिभ
-सोसल नेटवर्क एनालिसिस
-फोरकास्टिङ एनलाइसिस
-डिजिटल मार्केटिङ
-बिजनेस इन्टेलिजेन्स
-इन्टरनेट अफ थिङ्स
३
३
३
३
३
३
३
३
३
कोर्स अध्ययनपछिको भविष्य
विषयसँग सम्बन्धित प्राविधिकहरूको उच्च माग भएकाले यस विषयको अध्ययन पछि भविष्य उज्जवल भएको सरोकारवालाहरू बताउँछन् । डेटा साइन्स सम्बन्धी जनशक्तिको माग नेपालमा मात्र नभइ विदेशमा पनि उत्तिकै छ ।
यस कोर्समा इन्टर्नशिपको अनिवार्य व्यवस्था भएकाले विद्यार्थीले उत्तीर्ण नहुँदै उद्योगमा काम गर्नु पर्ने हुन्छ । जसले गर्दा भविष्य बनाउन उनीहरूलाई थप सहयोग मिल्छ । मुलत: यस विषयको अध्ययनपछि निम्न काम विद्यार्थीले गर्न सक्ने छन्:
डेटा इन्जिनियरिङ
डेटा एनालिटिक्स
मसिन लर्निङ इन्जिनियरिङ
बिजनेस इन्टेलिजेन्स एनालिटिक्स
डेटा वैज्ञानिक
सिस्टम एड्मिनिस्ट्रेसन
डेटा आर्किटेक्ट
डेटा म्यानेजर
डेटाबेस डेभलपर
भर्ना, शुल्क र छात्रवृत्ति यस विषयको भर्नाको आवेदन गत १ साउनदेखि खुलिसकेको छ । तर भर्ना हुन अघि प्रवेश परीक्षामा उत्तीर्ण भएको हुनु पर्ने छ । यसमा उत्तीर्ण हुन विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अंक ल्याउनु अनिवार्य छ । कुल ४० सिट क्षमता रहेकोमा ३२ खुला र ८ समावेशी कोटा रहेका छन् ।
विश्वविद्यालयले यस विषयको शुल्क पाँच लाख ३० हजार रुपैयाँ रहेको छ । हाललाई यो विषय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा मात्र पढाइ हुन्छ । यस विषयमा भर्ना हुने विद्यार्थीमध्ये विश्वविद्यालयले प्रत्येक सेमेस्टरमा एक/एक छात्र र छात्रालाई जेहनदार छात्रवृत्ति दिनेछ भने कुल १० प्रतिशत विद्यार्थीहरूलाई नि:शुल्क छात्रवृत्ति दिने भएको छ।
कोर्सबारे थप बुझ्न यहाँ र भर्ना आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।