काठमाडौं । नेपाली ब्राण्ड ग्रिन लाइफ एक्सपिरियन्सको ‘लिफ-१५१’ नामको नयाँ इयरबड्स बजारमा आउने भएको छ । कम्पनीले भोलि विशेष अफरसहित यो इयरबड्स उपलब्ध गराउन लागेको हो ।
इयरबड्सको बजार मूल्य २४ सय ९९ रुपैयाँ रहेकोमा ग्राहकले सीमित अवधिका लागि लन्च अफर स्वरूप १७ सय ९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् ।
इयरबड्समा एलईडी इन्डिकेटर समावेश छ । इयरबड्सको केसमा ४०० एमएएच र बडहरूमा ४० एमएएच क्षमताको ब्याट्री राखिएको छ । कम्पनीका अनुसार टाइप-सी केबलमार्फत ३० देखि ४० मिनेटमा ब्याट्री फुल चार्ज हुन्छ ।
इयरबड्समा १३ एमएम डाइनामिक ड्राइभर र थ्री इक्यू मोडहरू रहेका छन् । यसमा गेमिङ, म्युजिक र बासा लागि छुट्टाछुट्टै मोड प्रयोग गर्न सकिन्छ ।
त्यस्तै इयरबड्समा चार ओटा माइकको सेटअप छ । यसमा ईएनसी न्वाइज क्यान्सिलेसनको फिचर पनि छ । जसले गर्दा जस्तोसुकै वातावरणमा स्पष्ट आवाजमा फोन कल गर्न सकिने जनाइएको छ ।
यसमा भएको ब्लुटुथ ५.३ भर्सनको सहायताले फोनभन्दा १० मिटर टाढासम्मको दूरीमा इयरबड्स प्रयोग गर्न सकिने छ ।
इयरबड्सले आईपीएक्स फाइभ वाटर रेसिस्टेन्स रेटिङ पाएको छ । अर्थात् सामान्य पानीमा भिज्दा यसलाई कुनै फरक पर्दैन । यो इयरबड्स खरिद गर्दा त्यसका लागि छुट्टै लेदरको केस पनि पाइन्छ । जसले इयरबड्सलाई थप सुरक्षित राख्नेछ ।
सार्वजनिक हुनासाथ इयरबड्स दराज प्लेटफर्मबाट खरिद गर्न सकिने छ ।