close

साफ यू-२० फुटबलमा नेपाल र श्रीलंकाको भिडन्त, अनलाइनमा यसरी हेर्न सकिन्छ खेल

टेकपाना टेकपाना

भदौ २, २०८१ १५:९

साफ यू-२० फुटबलमा नेपाल र श्रीलंकाको भिडन्त, अनलाइनमा यसरी हेर्न सकिन्छ खेल

काठमाडौं । साफ यू-२० फुटबल च्याम्पियनशिप २०२४ आजदेखि सुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको छ ।

डिश मिडिया नेटवर्कको एक्सन स्पोर्ट्स एचडी वन च्यानलबाट यो खेलको प्रत्यक्ष प्रसारण भइरहेको छ । यस्तै, युट्युबमा स्पोर्टजवर्क्स (Sportzworkz) च्यानलमार्फत खेल हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८१ १५:२८