काठमाडौं । हामी अगस्टको मध्यतिर छौं । अबको केही सातामा एप्पलको सबैभन्दा ठूलो कार्यक्रम आउँदैछ । अर्थात् हरेक वर्ष सेप्टेम्बरमा कम्पनीले आईफोन सिरिज सार्वजनिक गर्दै आएको छ । यस वर्ष कम्पनीले आईफोन १६ सार्वजनिक गर्ने तयारी गरेको छ ।
विगत तीन वर्षदेखि एप्पलले कुन कुन मितिमा आईफोन सिरिज सार्वजनिक गरेको थियो भन्ने तल उल्लेख गरिएको छ ।
२०२१: मङ्गलबार, १४ सेप्टेम्बर
२०२२ः बुधबार, ७ सेप्टेम्बर
२०२३ः मङ्गलबार, १२ सेप्टेम्बर
यसमा ख्याल गर्नुपर्ने अर्को महत्त्वपूर्ण मिति श्रमिक दिवस पनि हो । कम्पनीले श्रमिक दिवसको आसपासमा आईफोन सार्वजनिक गर्दै आएको छ । अमेरिकामा श्रमिक दिवस सेप्टेम्बर महिनाको पहिलो सोमबार मनाइने गरिन्छ । यस वर्ष श्रमिक दिवस २ सेप्टेम्बरमा परेको छ ।
सन् २०२३ मा एप्पलको आईफोन इभेन्ट श्रमिक दिवसको आठ दिनपछि आयोजना गरिएको थियो । सन् २०२२ मा श्रमिक दिवसको दुई दिनपछि र सन् २०२१ मा श्रमिक दिवसको आठ दिनपछि आईफोन इभेन्ट आयोजना गरिएको थियो ।
यस ट्रेन्डलाई नियाल्ने हो भने एप्पलले मङ्गलबार र बुधबारलाई आईफोन सार्वजनिक गर्ने उत्तम दिनका रूपमा प्राथमिकता दिंदै आएको देखिन्छ । कम्पनीले मङ्गलबारलाई प्राथमिकता दिने भए पनि त्यही हप्ता श्रमिक दिवस परेको छ भने कम्पनीले आईफोन इभेन्ट बुधबार सार्दै आएको देखिन्छ ।
कुन हप्तामा सबैभन्दा राम्रो व्यवसाय हुन्छ भन्ने विश्लेषण गरी कम्पनीले त्यसको एक हप्ताअघि आईफोन सार्वजनिक गर्दै आएको छ ।
कहिले होला आईफोन १६ को इभेन्ट ?
२०२३ र २०२१ मा कम्पनीले आईफोन इभेन्टका लागि उस्तै प्याटर्न अपनाएको छ । दुवै वर्ष आईफोन इभेन्ट सेप्टेम्बर महिनाको दोस्रो साता र श्रमिक दिवसको आठ दिनपछि आयोजना गरेको देखिन्छ । त्यही शैली पछ्याउने हो भने १० सेप्टेम्बरमा आईफोन १६ सार्वजनिक हुने देखिन्छ ।
सन् २०२२ मा एप्पलले अपनाइरहेको प्याटर्नभन्दा भिन्नै मिति छानेर आईफोन इभेन्ट आयोजना गरेको थियो । तर, पनि कम्पनीले १० सेप्टेम्बरमा आईफोन इभेन्ट गर्ने प्रवल सम्भावना देखिन्छ । यस वर्ष अमेरिकामा श्रमिक दिवस धेरै अगाडि छ ।
किनभने २ सेप्टेम्बर भनेको धेरै नै अगाडि हो । यो मितिमा अमेरिकाको न्यू योर्क सहरमा अधिकांश विद्यालयहरूले कक्षा सुरु गरेकै हुँदैनन् । अर्थात् अधिकांश विद्यालयले ५ सेप्टेम्बरदेखि कक्षा सुरु गर्ने गर्छन् । मान्छे बिदाकै मुडमा भइरहेको अवस्थामा एप्पलले आफ्नो कुनै मुख्य इभेन्ट आयोजना गर्ने गरेको छैन । तर, यसैलाई नै एप्पलले पूरै आधार मान्दैन ।
यता श्रमिक दिवस धेरै अगाडि पर्नु र विद्यालय पनि ढिलो सुरु हुनुले पनि एप्पलले १० सेप्टेम्बरमा आईफोन १६ इभेन्ट आयोजना गर्न सक्ने देखिन्छ ।
यदि एप्पलले आईफोन १६ इभेन्ट १० सेप्टेम्बरमा आयोजना गर्यो भने १३ सेप्टेम्बरदेखि प्रि-अर्डर सुरु गर्ने देखिन्छ । प्रि-अर्डर गर्ने प्रयोगकर्ताको हातमा शुक्रबार, २० सेप्टेम्बरमा फोन हातमा पर्ने देखिन्छ ।
यस पटक आईफोन १६ विभिन्न नयाँ कलर अप्सनमा उपलब्ध हुने हल्ला छ । आईफोन १६ प्रो र आईफोन १६ प्लसमा भने स्तरीय क्यामेरा र ठूलो स्क्रिन हुने बताइएको छ ।