close

दीपल, सेरेस र नामी ब्राण्ड ईभी खरिद गर्ने ग्राहकलाई ग्लोबल आइएमई बैंकले ऋण दिने

टेकपाना टेकपाना

भदौ १४, २०८१ १६:३२

दीपल, सेरेस र नामी ब्राण्ड ईभी खरिद गर्ने ग्राहकलाई ग्लोबल आइएमई बैंकले ऋण दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्राहकहरूलाई विद्युतीय गाडी खरिद गर्दा सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने योजनासहित यी संस्थाबीच सहकार्य भएको हो ।

समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा.लि.का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार एमएडब्लु वृद्धि मोटर्स र अटोकर्प मोटर्सबाट बिक्री हुने दीपल, सेरेस र नामी ब्राण्डका बिजुली गाडीहरू खरिद गर्न चाहने व्यक्ति वा कम्पनीहरूले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएपछि ३ कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरू नेपाली बजारमा लोकप्रिय छन् भने हालै नामी ब्राण्डको गाडीको पनि बिक्री सुरु भइसकेको छ ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८१ १७:३३