काठमाडौं । ओपनएआईले 'क्यानभास' नामक नयाँ इन्टरफेस सार्वजनिक गरेको छ । टेक्स्ट अथवा कोडमा काम गर्न उपयोगी हुने गरी ओपनएआईले च्याटजीपीटीमा यो इन्टरफेस ल्याएको हो ।
यस इन्टरफेसमा च्याट बक्ससँगै एडिटिङका लागि नयाँ विन्डो पनि सँगै देखा पर्छ, जहाँ म्यानुअल्ली टेक्स्ट अथवा कोड परिवर्तन गर्न, कुनै भागलाई हाइलाइट गर्न अथवा टुललाई परिमार्जन गर्न सकिन्छ । यसले च्याटजीपीटीलाई तपाईंले गरिरहनुभएको काम अझ राम्ररी बुझ्न सहयोग पुर्याउने बताइएको छ ।
च्याटजीपीटी सार्वजनिक भएयता इन्टरफेसमा गरिएको यो पहिलो मुख्य परिवर्तन हो । यसले कोड रिभ्यु गर्ने, लग र कमेन्ट थप्ने, बग हटाउने जस्ता काम समेत गर्न सकिने बताइएको छ ।
क्यानभास इन्टरफेस बेटा भर्सनमा रहेको छ, तर 'जीपीटी-फोर ओ विथ क्यानभास' मोडलमार्फत यसलाई चलाउन सकिन्छ । हाल यो सशुल्क प्रयोगकर्ताहरूका लागि मात्र सीमित गरिएको छ । आगामी दिनमा नि:शुल्क प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध हुने ओपनएआईले जनाएको छ ।
यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
We’re rolling out an early version of canvas—a new way to work with ChatGPT on writing & coding projects that go beyond simple chat.
— OpenAI (@OpenAI) October 3, 2024
Starting today, Plus & Team users can try it by selecting “GPT-4o with canvas” in the model picker. https://t.co/GoGZiRzCsB
पछिल्लो अध्यावधिक: असोज २१, २०८१ १०:४८
