close

एप्पलले ल्यायो नयाँ आईप्याड मिनि, यस्ता छन् फिचर

टेकपाना टेकपाना

कात्तिक १, २०८१ १२:४८

एप्पलले ल्यायो नयाँ आईप्याड मिनि, यस्ता छन् फिचर

 

काठमाडौं । एप्पलले आफ्नो सबैभन्दा सानो ट्याबलेट अन्तर्गत नयाँ आईप्याड मिनी सार्वजनिक गरेको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै एप्पलले नयाँ आईप्याड मिनी सार्वजनिक गरेको हो ।

यस सिरिजमा एप्पलले सन् २०२१ देखि कुनै अपडेट गरेको थिएन् । करिब तीन वर्ष पश्चात कम्पनिले ए १७ प्रो चिपसेट सिहतको आईप्याड मिनी उपलब्ध गराएको हो । यो चिपसेट सीपीयूभन्दा ३० प्रतिशतभन्दा चाँडो र जीपीयूभन्दा २५ भन्दा चाँडो हुने एप्पलको दाबी छ । 

त्यस्तै यस डिभाइसले एप्पलको नयाँ पेन्सिल प्रो पनि सपोर्ट गर्छ । सँगै बेस मोडलमा पनि १२८ जीबी स्टोरेज पनि उपलब्ध गराइएको छ । यसले गर्दा कलाकारहरूलाई यो मिनी सिरिज उपयोगी हुने बताइएको छ ।

पर्पल, ब्लु गरि दुइ कलर भेरियन्टमा सार्वजनिक गरिएको यस मिनि आईप्याडले टाइप सी सपोर्ट गर्नेछ । त्यस्तै यसमा एप्पल इन्टेलिजेन्स फिचर समेत उपलब्ध रहेकाे कम्पनिले जनाएको छ । 

हाल कम्पनीले यस आईप्याडको प्रिबुकिङ पनि खुला गरिसकेको छ । अमेरिकी बजारमा यसको मूल्य ४४९ डलर (करिब ६७ हजार रुपैयाँ) तोकिएको छ ।


 

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८१ १२:४८