close

नेपाली उद्यमीले नेतृत्व गरेको आईटी कम्पनी ‘जेनेस सलुसन’ नाइजेरियामा विस्तार

टेकपाना टेकपाना

कात्तिक २, २०८१ १६:५६

नेपाली उद्यमीले नेतृत्व गरेको आईटी कम्पनी ‘जेनेस सलुसन’ नाइजेरियामा विस्तार

काठमाडौं । नेपाली उद्यमीले नेतृत्व गरेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुसनले ​नाइजेरियामा आधिकारिक रूपमा कार्यालय सञ्चालनमा ल्याएको छ । बेलायतमा मुख्यालय रहेको कम्पनीले हालै लागोसस्थित ब्रिटिस डेपुटी हाई कमिसनमा एक कार्यक्रम गर्दै सेवा विस्तारबारे जानकारी दिएको हो ।

नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरूलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुसन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवा उपलब्ध गराउन कार्यालय खोलेको जेनेसका संस्थापक एवं सीईओ अञ्जनी फुँयालले  बताए ।

"यो अफ्रिकामा हाम्रो पहिलो कार्यालय हो, र छिट्टै यस क्षेत्रका अन्य देशमा पनि विस्तार गर्ने योजना छ," फुँयालले भने । नाइजेरियाको विकासशील आईटी क्षेत्रमा अर्थपूर्ण प्रभाव पार्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८१ १७:११