close

अब एक्समा तपाईंले गरेका पोस्ट अन्य कम्पनीको एआई मोडेल तालिममा प्रयोग हुने

टेकपाना टेकपाना

कात्तिक ५, २०८१ १२:५२

अब एक्समा तपाईंले गरेका पोस्ट अन्य कम्पनीको एआई मोडेल तालिममा प्रयोग हुने

काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले आफ्नो गोपनीयता सम्बन्धी नीति परिवर्तन गरेको छ । प्रयोगकर्ताका पोस्टलाई अन्य कम्पनीको एआई मोडेलको तालिमका लागि प्रयोग गराउन एक्सले गोपनीयता नीति परिवर्तन गरेको हो ।

कम्पनीका अनुसार परिवर्तित नीति आउँदो १५ नोभेम्बरदेखि लागु हुनेछ । यसले एक्सको आम्दानी बढाउन भूमिका खेल्ने बताइएको छ । यद्यपि एक्सले प्रयोगकर्ताहरूलाई यसो गर्नबाट रोक्न विकल्प दिने बताएको छ । यसका लागि सेटिङमा गएर डेटा शेयरिङ बन्द गर्नुपर्ने बताइएको छ । 

आफ्ना एक्स पोस्टलाई एआई तालिम दिनबाट रोक्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

तर हाल यो सेटिङ प्लेटफर्ममा आइसकेको छैन । अहिले एक्समा ग्रोक एआईको तालिमका लागि आफ्नो पोस्ट प्रयोग गर्न नदिने विकल्प मात्र रहेको छ ।

यसअघि सामाजिक सञ्जाल रेडिटले पनि आफ्नो प्लेटफर्ममा भएका पोस्टहरूलाई गुगलको एआई मोडेलको तालिमका लागि प्रयोग गर्न यस्तै कदम चालेको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८१ १२:५२