close

हामीले भाडा संरचनामा कुनै परिवर्तन गरेका छैनौंः पठाओ

टेकपाना टेकपाना

कात्तिक २२, २०८१ १०:४

हामीले भाडा संरचनामा कुनै परिवर्तन गरेका छैनौंः पठाओ

काठमाडौं । तिहारको छेकोमा राइड हेलिङ प्लेटफर्म इन्ड्राइभले तीन गुणासम्म भाडा बढाउँदा आफूहरूले भने मूल्य संरचनामा कुनै परिवर्तन नगरेको पठाओले जनाएको छ । चाडबाडमा राइड सेवा दिने कम्पनीले चर्को शुल्क लिएको सार्वजनिक टिप्पणी भएपछि पठाओले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो ।

कहिलेकाहीँ माग र आपूर्तिको सन्तुलन मिलाउन सर्ज चार्ज लिने गरे पनि मूल्यमा फेरबदल नगरेको कम्पनीको भनाइ छ । “कुनै स्थानमा राइडर वा ट्याक्सी चालकको संख्या कम भएको समयमा सफ्टवेयरमार्फत नै स्वचालित रूपमा मूल्य बढ्छ, जसलाई हामी सर्ज चार्ज भन्छौँ,” पठाओले विज्ञप्तिमा लेखेको छ । यसको उद्देश्य माग र आपूर्तिको सन्तुलन कायम राख्नु भएको  कम्पनीको भनाइ छ ।

“सर्ज चार्ज एक अन्तर्राष्ट्रिय अभ्यास हो, जुन माग र आपूर्तिको सन्तुलन मिलाउन लागू गरिन्छ । पठाओले विगत ६ वर्षदेखि नै यो गर्दै आएको छ, जसमा अन्तर्राष्ट्रिय अभ्यासमा हुनेभन्दा निकै न्यूनतम स्तरमा राख्दै आएको छ,” विज्ञप्तिमा भनिएको छ ।

साथै, चाडबाडमा ग्राहकहरूलाई प्रोमो कोड प्रदान गर्नेदेखि राइडरहरूको आम्दानी बढाउन १ प्रतिशतको कमिसन अफर ल्याएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८१ १०:२१