close

नोटप्याडमा पनि एआई फिचर ल्याउँदै माइक्रोसफ्ट

टेकपाना टेकपाना

कात्तिक २३, २०८१ २१:१९

नोटप्याडमा पनि एआई फिचर ल्याउँदै माइक्रोसफ्ट

 

काठमाडौं । माइक्रोसफ्टले आफ्नो टेक्स्ट एडिटर सफ्टवेयर नोटप्याडमा एआई फिचर ल्याउने भएको छ । एक ब्लग पोस्टमार्फत कम्पनीले टेक्स्ट एडिटर सफ्टवेयरमा एआई एकीकृत गर्ने घोषणा गरेको हो । 

नोट प्याडमा आउने एआई फिचरलाई ‘रिराइट’ नाम दिइएको छ । यस फिचरले छनोट गरेको टेक्स्टको पुन: लेखन गर्नेछ । यसअन्तर्गत ढाँचा मिलाउने, भाषा परिवर्तन गर्ने र लम्बाइ परिवर्तन गर्ने बताइएको छ । 

प्रयोगकर्ताहरूले एआईले तयार पारेको तीन ओटा विकल्प पाउनेछन् । जसमध्ये प्रयोगकर्ताले कुनै पनि छान्न सक्छन् । यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले माइक्रोसफ्ट अकाउन्टबाट लगइन गर्नुपर्ने हुन्छ । त्यस्तै एआई फिचर चलाउन भने क्रेडिट पनि चाहिन्छ । जुन मासिक रूपमा सीमित हुन्छ । यदि थप एआई क्रेडिट चाहिने भए खरिद गर्न सकिन्छ ।

त्यस्तै माइक्रोसफ्टले यो फिचर पेन्ट (Paint) मा पनि ल्याउने भएको छ । त्यसमा लिखित निर्देशनका भरमा फोटो बनाउने तथा निश्चित भाग हटाउन सकिने छ । यद्यपि सुरुमा यो फिचर केहि देशमा मात्र चलाउन पाइने छ भने विन्डोज इन्साइडरमा मात्र उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८१ २१:१९