काठमाडौं । आइतबार बिहान करिब ११ बजेपछि नेपाल टेलिकमको मोबाइल सेवा झन्डै आधा घण्टासम्म अवरुद्ध भएको छ । यस अवधिमा देशका अधिकांश भागमा टेलिकम नेटवकर्कबाट फोन नलाग्ने तथा मोबाइल डेटा नचल्ने समस्या देखिएको थियो । यसबाट टेलिकमका लाखौं ग्राहक प्रभावित भएका छन् ।
टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार नेटवर्कमा अचानक समस्या आउँदा सेवा अवरुद्ध भएको हो । “अहिले मोबाइल सेवा पुन: सञ्चालनमा आएको छ । के कारणले समस्या आएको हो भन्नेबारे प्राविधिक अध्ययन भइरहेको छ,” प्रवक्ता ढकालले भने ।
यसअघि असोज २३ गते पनि देशभर आधा घण्टासम्म टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको थियो ।