close

आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली फिल्म ‘अमेजन प्राइम’ मा रिलिज

टेकपाना टेकपाना

मंसिर ५, २०८१ २१:१०

आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली फिल्म ‘अमेजन प्राइम’ मा रिलिज

काठमाडौं । आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइममा रिलिज भएको छ ।  वन स्क्वाड फिल्म्सले हालै मात्र चलचित्र अमेजन प्राइममा रिलिज गरेको हो । 

सुरुवाती चरणमा यो चलचित्र अमेजन प्राइमको क्यानडा र अमेरिकाको सर्भरमा उपलब्ध छ । विस्तारै अन्य क्षेत्रमा उपलब्ध गराइने फिल्मका निर्देशक जेसन लोप्चनले जानकारी दिए । 

“अहिले यो क्यानडा र अमेरिकामा उपलब्ध छ,” टेकपानासँग कुरा गर्दै लोप्चनले भने, “हामी अन्य क्षेत्रमा पनि उपलब्ध गराउने प्रयास गरिरहेका छौं ।”

झन्डै डेढ वर्षअघि छाँयाङ्कन सुरु भएको यस फिल्मको प्रिमियर करिब दुई महिनाअघि गरिएको थियो । त्यस क्रममा यस फिल्मले राम्रै चर्चा पाएको थियो । फिल्म अमेजनमा सार्वजनिक भएसँगै निर्माता टोलीले ओएसआर डिजिटल मार्फत युट्युबमा ट्रेलर सार्वजनिक गरेको छ । 

निर्देशक लोप्चनले यो फिल्म नेपाली हलमा प्रदर्शनमा ल्याउने तयारी गरिरहेको पनि बताए । “हामीले नेपाली हलमा सार्वजनिक गर्ने प्रयास गरिरहेका छौं,” उनले भने, “सफल भए केही समयमै हलमा आउँछ । यदि सम्भव भएन भने हामी नेपाली ओटीटी प्लेटफर्ममा ल्याउनेछौं ।”

फिल्मको रिभ्यु पढ्न यहाँ क्लिक गर्नुहोस् । फिल्म आईफोन १४ प्रो म्याक्सबाट खिचेको दाबी गरिएको छ । आईफोन १४ बाटै किन फिल्म खिच्नुपर्ने बाध्यता आइलाग्यो त भन्ने जिज्ञासा मेट्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८१ २१:३८