काठमाडौं । एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउन लागेको जानकारी बाहिरिएको छ । आईफोन १७ एयर नाम हुने उक्त फोन अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने दाबी गरिएको छ । एप्पल विश्लेषक जेफ पु पछिल्लो समय बाहिरिएको विवरणमा सहमत छ । म्याक र्युमर्सलाई प्राप्त रिसर्च नोटमा विश्लेषक पुले आईफोन १७ एयर निकै पातलो हुने उल्लेख गरेका छन् । यो फोन ६ एमएम चौडाइको हुने दाबी गरिएको छ ।
“आईफोन १७ स्लिम मोडेलको ६ एमएम चौडाई अल्ट्रा-स्लिम डिजाइनबारे हालै भएको चर्चासँग हामी सहमत छौं,” उनले लेखेका छन् । यदि चौडाइ ६ एमएम नै भयो भने यसले केही रेकर्ड राख्नेछ । यसअघि एप्पलले सबैभन्द पातलो आईफोनका रूपमा आईफोन सिक्स ल्याएको थियो । यसको चौडाइ ६.९ एमएम थियो । हालै सार्वजनिक भएको आईफोन १६ प्रो र प्रो म्याक्सभन्दा झन्डै धेरै पातलो हुनेछ । आईफोन १६ को बेस मोडेलको चौडाइ ७.८ एमएम रहेको छ ।
केही प्रयोगकर्ताले आईफोन १७ एयर अझ पातलो हुने आशा गरे पनि ब्याट्री र अन्य कम्पोनेन्टहरू कति पातलो बनाउन सकिन्छ भन्नेमा स्पष्ट रूपमा एक सीमा हुन्छ । यदि यो डिभाइस करिब ६ एमएम मोटाइको साथ आयो भने पछिल्ला केही वर्षमा लन्च भएका भारी मोडेलको तुलनामा यो अझै पनि पातलो र हलुका हुनेछ ।
आईफोन सिक्सदेखि हालसम्म सार्वजनिक भएका आईफोनको चौडाइ
iPhone 16 Pro र Pro Max: 8.25mm
iPhone 16 र 16 Plus: 7.8mm
iPhone 15 Pro र Pro Max: 8.25mm
iPhone 15 र 15 Plus: 7.8mm
iPhone 14 Pro र Pro Max: 7.85mm
iPhone 14 र 14 Plus: 7.8mm
iPhone 13 Pro र Pro Max: 7.65mm
iPhone 13 र 13 Mini: 7.65mm
iPhone 12 Pro र Pro Max: 7.4mm
iPhone 12 र 12 Mini: 7.4mm
iPhone 11 Pro र Pro Max: 8.1mm
iPhone 11: 8.3mm
iPhone XS र XS Max: 7.7mm
iPhone XR: 8.3mm
iPhone X: 7.7mm
iPhone 8 Plus: 7.5mm
iPhone 8: 7.3mm
iPhone 7 Plus: 7.3mm
iPhone 7: 7.1mm
iPhone 6s Plus: 7.3mm
iPhone 6s: 7.1mm
iPhone 6 Plus: 7.1mm
iPhone 6: 6.9mm
iPhone 17 Air (हल्लाको विषय): 6mm
आईफोन सिक्स बाहेक अन्ने मोडेलहरूको चौडाइ ७.६ देखि ८.३ एमएमसम्म रहेको छ ।