close

पडकास्ट सञ्चालन गर्न होस्ट खोज्दै काठमाडौं विश्वविद्यालय

टेकपाना टेकपाना

मंसिर ११, २०८१ १२:१४

पडकास्ट सञ्चालन गर्न होस्ट खोज्दै काठमाडौं विश्वविद्यालय

काठमाडौं । काठमाडौं विश्वविद्यालयले आफ्नो आधिकारिक पडकास्ट सञ्चालन गर्न होस्टको खोजी सुरु गरेको छ । विद्यार्थीहरूको नेतृत्व क्षमता र सञ्चार सीपलाई प्रोत्साहित गर्ने उद्देश्यसहित यो पडकास्ट सञ्चालन गर्न लागिएको हो ।

विश्वविद्यालयले पडकास्टको लागि आफ्ना विद्यार्थीहरूबाट आवेदन माग गरेको छ । इच्छुक र योग्य विद्यार्थीहरूले आफ्नो बायोडाटा [email protected] मा पठाउन सक्नेछन् । आवेदन दिने अन्तिम मिति आउँदो २६ मंसिर तोकिएको छ ।

आवेदन प्राप्त भएपछि विद्यार्थीहरूको क्षमता, उत्साह र प्रस्तुतीकरण कलालाई अनुभवी निर्णायक टोलीले मूल्याङ्कन गरी पडकास्ट होस्टको चयन गर्ने विश्वविद्यालयले जनाएको छ ।

पडकास्टमा विश्वविद्यालयसँग सम्बन्धित विषयबारे छलफल गरिने र विश्वविद्यालयको युट्युब च्यानलमार्फत प्रसारण गरिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८१ १२:२८