close

पोखरा पुग्यो एक्सपेङ ईभी, केके छन् विशेषता ?

टेकपाना टेकपाना

मंसिर २१, २०८१ १६:१३

पोखरा पुग्यो एक्सपेङ ईभी, केके छन् विशेषता ?

काठमाडौं । चिनियाँ ब्राण्ड एक्सपेङका विद्युतीय गाडी पोखरा बजारमा पनि उपलब्ध भएका छन् । हालै एक्सपेङको नेपालस्थित प्रमुख वितरक सीजी मोटर्सले पोखरामा एक कार्यक्रम राखी बजार विस्तारको घोषणा गरेको हो ।

यसका लागि सीजीले अटोवेज प्रालिलाई पोखरा क्षेत्रको आधिकारिक डिलरको रूपमा नियुक्त गरेको छ । कार्यक्रममा अटोवेजले पहिलो चरणका ग्राहकलाई एक्सपेङको जी६ एसयूभी हस्तान्तरण गरेको थियो ।

यो गाडी स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिई निर्माण गरिएको कम्पनीको भनाइ छ । फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गाडीमा स्वचालित ड्राइभिङ, सुपर-फास्ट चार्जिङ, ४३५ किलोमिटरको रेन्ज लगायतका विशेषता छन् ।

यसमा ​१९० किलोवाट पावर र ४४० एनएम टर्क छ, जसमा ६६ किलोवाट घण्टाको ब्याट्री प्याक समावेश छ । यसको स्पोर्टी प्रदर्शनका लागि ५०:५० लोड रेसियो र २९-डायमेसन ब्याट्री सुरक्षा सुविधा पनि छ ।

गाडीले ४८० किलोवाटसम्मको डिसी फास्टचार्जर सपोर्ट गर्छ । यसमा रहेको एक्सएनजीपी इन्टेलिजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ ओटा फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ राडार, अल्ट्रासोनिक सेन्सर, क्यामेरा र ड्युल ओरिन एक्स माइक्रोचिपको प्रयोग गरिएको छ ।

गाडीको लम्बाइ ४७५३ एमएम, चौडाइ १९२० एमएम र उचाइ १६५० एमएम छ । ह्वीलमा पनि १८ र २० इन्चको अप्सन दिइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८१ १६:४८