close

अब ड्राइभिङ लाइसेन्स आवेदनमा भएका त्रुटि यातायात व्यवस्था तथा सेवा कार्यालयबाटै सच्याउन सकिने

टेकपाना टेकपाना

मंसिर २४, २०८१ १५:२

अब ड्राइभिङ लाइसेन्स आवेदनमा भएका त्रुटि यातायात व्यवस्था तथा सेवा कार्यालयबाटै सच्याउन सकिने

काठमाडौं । अब प्रदेश मातहतका यातायात व्यवस्था तथा सेवा कार्यालयहरूबाटै सवारी चालक अनुमतिपत्र आवेदन सम्बन्धी त्रुटिहरू सच्याउन सकिने भएको छ । केही दिन अघिको विभाग स्तरीय निर्णयमार्फत यातायात व्यवस्था विभागले यस्तो प्रबन्ध मिलाएको हो ।

हाल कार्यान्वयनमा रहेको सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी कार्यविधिले सवारी चालक अनुमतिपत्र दरखास्त, दरखास्त फाराम छानबिन र स्वीकृति, लिखित परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण, सोको नतिजा प्रकाशन, प्रयोगात्मक परीक्षा र अन्तिम नतिजा प्रकाशन लगायतका कार्यहरू यातायात व्यवस्था कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयहरूबाट हुँदै आएका छन् ।

नेपालको संविधान २०७२ र कार्य विस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमतिपत्र व्यवस्थापन सम्बन्धी अधिकार प्रदेश तहलाई दिएको छ । अब भने सवारी चालक अनुमतिपत्र व्यवस्था सम्बन्धी कार्यकै रूपमा सवारी चालक अनुमतिपत्र आवेदकहरूको बायोमेट्रिक बाहेकका विवरण सच्याउने कार्य पनि प्रदेश अन्तर्गतका कार्यालयहरूलाई दिइएको हो । 

 

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८१ १५:२