close

काठमाडौंमा एक हप्तासम्म ‘लिपमोटर सी १०’ को टेस्ट ड्राइभ कार्यक्रम हुँदै

टेकपाना टेकपाना

मंसिर २९, २०८१ १०:८

काठमाडौंमा एक हप्तासम्म ‘लिपमोटर सी १०’ को टेस्ट ड्राइभ कार्यक्रम हुँदै

काठमाडौं । काठमाडौंमा एक हप्तासम्म चिनियाँ ब्रान्ड लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘सी १०’ को टेस्ट ड्राइभ कार्यक्रम हुने भएको छ । नेपालका लागि लिप मोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले ३० मंसिरदेखि ६ पुससम्म काठमाडौंको उत्तरढोकामा यो कार्यक्रम सञ्चालन गर्नेछ ।

कम्पनीका अनुसार टेस्ट ड्राइभ कार्यक्रम सबैका लागि खुला हुनेछ । सहभागीहरूले गाडीको लक्जरी अनुभव लिन सक्नेछन् ।

गत भदौमा नेपाल भित्रिएको यस गाडीमा ६९.९ किलोवाटको एफपीएफ ब्याट्री, १६० किलोवाटको मोटर पावर, र ३२० न्युटन मिटर टर्क क्षमता छ । कम्पनीका अनुसार एक पटक चार्ज गर्दा गाडीले ४२० किमीको रेन्ज दिन सक्छ ।

यो गाडीमा १९० एमएमको ग्राउण्ड क्लियरेन्स छ । नेपाली बजारमा यसको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८१ १०:४७