close

इसेवाबाट कारोबार गर्दा रवि बम्जनले जिते ‘नामी’ बिजुली कार

टेकपाना टेकपाना

पुस २, २०८१ ११:३८

इसेवाबाट कारोबार गर्दा रवि बम्जनले जिते ‘नामी’ बिजुली कार

काठमाडौं । भुक्तानी सेवाप्रदायक इसेवाले चाडपर्वको अवसरमा ल्याएको 'इसेवा महा-उत्सव' योजनाको बम्पर विजेता घोषणा गरेको छ । उक्त योजनाअन्तर्गत मकवानपुरका रवि बम्जनले नामी ब्राण्डको ईभी कार जितेका छन् ।

इसेवाले चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको उक्त योजनामा इसेवामार्फत कुनै पनि कारोबार गर्ने ग्राहकलाई सहभागी गराइएको थियो । लक्की ड्रमा बम्जन बम्पर विजेता घोषित भएका हुन् ।

१ असोज २०८१ देखि ३० कात्तिक ३० सम्म सञ्चालन गरिएको अभियानमा रु. १०० को खेलमा भाग लिएका प्रयोगकर्ताले आईफोन १६ जित्ने अवसर पाएका थिए । त्यस्तै बिजुली, पानी, टिभी लगायतका बिल तिर्ने प्रयोगकर्ताले ६५ इन्चको टिभी जित्ने अवसर पाएका थिए । साथै ​इसेवा टिकटक प्रतियोगितामा रु. ९० हजार रुपैयाँसम्मका पुरस्कार वितरण गरिएको थियो । 

पछिल्लो अध्यावधिक: पुस २, २०८१ ११:५१