काठमाडौं । डिजिटल वालेट नमस्ते पेले उडान टिकट खरिदमा १५० रुपैयाँसम्म क्यासब्याक र हरेक महिना आकर्षक उपहारको अफर ल्याएको छ । आगामी २९ फागुनसम्म लागू हुने यस अफरअन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, हरेक बुधबार ३० भाग्यशाली यात्रुहरूले प्रत्येक टिकटमा रु १५० क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन् ।
साथै, हरेक महिना लक्की ड्र मार्फत एक भाग्यशाली यात्रुले आकर्षक उपहार जित्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्यासब्याक प्राप्त गर्न कुनै प्रोमो कोड प्रयोग गर्नु पर्दैन । प्रयोगकर्ताले जति धेरै कारोबार गर्छन्, त्यति नै धेरै क्यासब्याक पाउने कम्पनीको भनाइ छ ।
नमस्ते पे नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सञ्चालनमा आएको डिजिटल भुक्तानी सेवा हो । यसले नगदरहित समाज निर्माण गर्ने उद्देश्यका साथ बैंक तथा डिजिटल पहुँच भएका र नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
यस सेवामा प्रयोगकर्ताले *५००# डायल गरेर अफलाइन सेवा लिन सक्छन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्ने, पैसा पठाउने र व्यापारी भुक्तानीजस्ता सुविधा अफलाइनमै उपलब्ध छन् । नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले यूएसएसडी (अफलाइन) सेवा पनि प्रयोग गर्न सक्छन् ।