close

टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर शिक्षिका-विद्यार्थीको मृत्यु

टेकपाना टेकपाना

पुस ७, २०८१ ९:५१

टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर शिक्षिका-विद्यार्थीको मृत्यु

काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिका–५ स्थित खोरुङ्गा खोला​ किनारमा टिकटक बनाउने क्रममा शिक्षिका र छात्राको मृत्यु भएको छ । शनिबार दिउँसो गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै ज्यान गएको हो ।

शनिबारको बिदा पारी शिक्षिका र विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा घुम्न र नुहाउन गएको थियो । टिकटक बनाउन खोला किनारमा गएका उनीहरू चिप्लिएर खोंचमा खसेका थिए ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमकी प्रमुख डीएसपी चिनिमाया तामाङका अनुसार शनिबार साँझ उनीहरूको शव फेला परेको थियो । मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी आज परिवारलाई बुझाइने उनले जानकारी दिइन् ।

 

पछिल्लो अध्यावधिक: पुस ९, २०८१ ११:१