काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याक लिने ग्राहकका लागि नयाँ सुविधा थप गरेको छ । बिहीबार (पुस २५) देखि लागू भएको यो योजनाअन्तर्गत ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड नाइट डेटा सेवा उपयोग गर्न सक्नेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
रु. ३९९ बाट सुरु हुने बेस्ट प्याक र रु. ७९९ बाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन् । ग्राहकले बन्डल सेवासँगै अब रातभर मोबाइल इन्टरनेटको पहुँच पाउनेछन् ।
एनसेलले आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्न यो योजना ल्याएको हो । रु. ३९९, रु. ४९९ र रु. ५९९ का बेस्ट प्याक तथा रु. ७९९, रु. ९९९ र रु. १,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकले यस सुविधाको फाइदा लिन सक्नेछन् । यो सुविधा बाहेक, कम्पनीले यी प्याक लिने ग्राहकलाई अनलिमिटेड युट्युब सेवा पहिल्यै उपलब्ध गराउँदै आएको छ ।
२८ दिनको भ्यालिडिटी रहेको बेस्ट प्याकमा ८ जीबीदेखि २० जीबीसम्म डेटा र ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम उपलब्ध छ । अनलिमिटेड प्याक लिने ग्राहकले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अनलिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।
एनसेलले सन् दुई वर्षदेखि फाइभजी भिजनमा आधारित सधैं अन योजना सञ्चालन गरिरहेको छ । यसको मुख्य उद्देश्य ग्राहकहरूलाई ब्यालेन्स सकिने चिन्ता बिना डेटा सधैं अन राख्न प्रेरित गर्नु र डिजिटल भविष्यको यात्रा सशक्त बनाउन योगदान दिनु रहेको कम्पनीले जनाएको छ ।